‘फ्लो फ्लो कप’ भोलिदेखि क्वाटरफाईनल खेल हुने

पाेखरा | फागुन १८, २०७९

‘फ्लो फ्लो कप’ भोलिदेखि क्वाटरफाईनल खेल हुने

पोखरा:   पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लबद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट तेश्रो चरणको खेल सुरु भएको छ । प्रतियोगिताको तेश्रो दिन आज (बिहिबार) ६ खेल सम्पन्न भएको क्लबको अध्यक्ष गणेश क्षेत्रीले बताए । 


तेश्रो दिनको पहिलो खेलमा बि र्थटिनले सितलज्योती क्लवलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलको पहिलो हापमा बि र्थटिनलका दिपेश गुरुङले एक गोल गर्दै टिमलाई अग्रता बनाए पनि खेलको दोस्रो हापमा शितलज्योती क्लवबाट मन्दीप गुरुङले गोल गदै खेलमा फर्काउन सफल भएका थिए ।


त्यसैगरी दोश्रो खेलमा कमल पोखरीले कृष्ति एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमल पोखरीका प्रदीप गुरुङले २ गोल गर्न सफल भए । 


त्यसैगरी तेश्रो खेलमा एलजी एकतालाई प्रो फिट्सले ट्राइबेकरमा ३–२ गोल  अन्तरले पराजित गर्न सफल रहयो । खेलको अन्तिम समय सम्म पनि दुवै टिमबाट गोल हुन नसकेपछि निर्णयको लागि ट्राइबेकरमा पुगेको हो । 

 

त्यस्तै चौथो खेलमा रत्नचोकले सैनिक एफसीलाई १–० गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा रत्नचोकको तर्फबाट अभिषेक गुरुङले निर्णायक गोल गर्दै टिमलाई अघिल्लो चरणमा प्रवेश गराए ।

 
त्यस्तै पाँचौ खेलमा सन्देश मेमोरिएलले गन्नी एफसी (रातो) लाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित  ग¥यो  । खेलको अन्तिम समय सम्म दुई-दुई गोलमा बराबरी भएपछि ट्राइबेकरबाट सन्देश मेमोरिएल अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।


त्यस्तै आजकै छैंटौै खेलमा रत्न समाजले बि र्थटिनलाई ट्राइबेकरमा २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा बि र्थटिनको तर्फबाट सन्देश देबकोटाले  एक गोल गर्दै अग्रता बनाएपनि त्यस लगतै रत्न समाजको तर्फबाट बिनय तामाङले गोल गर्दै ट्राइबेकरमा पु¥याउन सफल भएका थिए। ट्राइबेकरमा रत्न समाजको गोल रक्षकले उत्कृष्ट बचाउ गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।


प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।


यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्